Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Thursday 30 May 2013

Gobinda Giri"Prerana" (गोविन्द गिरी प्रेरणा )

फर्किहाल्छु देश


कहाँ वस्छु र म यो परदेशमा
फर्किहाल्छु देश ।

 देशको राजनीति
अलिकति राम्रो होस्
लोड सेडिंग घटोस्
धारामा पानी झरोस्
फर्किहाल्छु देश ।

सम्विधान वनोस्
दोहोरो नागरिकता
पाइयोस्
शान्ति सुरक्षा
सुध्रियोस्
वाटो चिल्लो वनोस्
धूलो मैलो नहोस्
फर्किहाल्छु देश ।

कति वस्नु यो परदेशमा
जहाँ आफन्तपनै छैन
दौंतरीसँग वात मार्दै
चिया पिउने चौतारो छैन
यो म्लेच्छको देशमा
जीवन विताउने कुरै छैन
फर्किहाल्छु देश ।

छाडेर आएको जागिर
पुनर्वहाली होस्
ऋण सापटी जे थियो
सवै माफ होस्
विहान उठ्ने वित्तिकै
स्टारवक्स कफी
चुस्की लाउन पाइयोस्
फर्किहाल्छु देश ।

छोराछोरीको भविष्य
हेन परयो
यसो पढाई कुन् यिनले
विहावारी भैजाओस्
राम्रो घरवार देयिोस्
नाती नातिनाको
मुख हेर्न पाइयोस्
त्यसपछि त
यहा वस्ने कुरै छैन
फर्किहाल्छु देश ।

No comments:

Post a Comment