Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Thursday 30 May 2013

Kala Rai (कला राई)


प्रिय मान्छे


यो धर्तीको सवैभन्दा
नयाँ गीत गाएर
सम्झनाको सवैभन्दा पुरानो
प्रेम सन्देश बोकेर
उडिरहने प्रिय बादल

मेरो प्रियतमको अनुहार
आइरहन्छ आँखामा एकसाथ |
 

समयलाई चुनैति दिएर दौडने
इलेक्ट्रोनिक रेल
आकाशको रङ्ग सरेको
नीलो समुद्र
ठूला सुपर मार्केटका
विभिन्न लेटेस्ट मोडेलका
खाना, लुगा र आधुनिक उपकरण
कतै अडिदैन
टाइम स्क्वायरको
समय सूचक घडीमा समेत
यो मन |
 

पहाडका चौतारीमा
मिल्न आइपुग्ने
दूइतर्फी बाटाहरू
दुई नदीहरूको संगम
दुई फूलहरूको
उस्तै सुवास बोकेर
हिडिरहेछौ टाढाटाढा
एक्लाएक्लै हामी |


तर पनि
धर्तीको अर्कै कुनामा
उभिएको मेरो प्रियतम

तिमीलाई पठाइरहेछु
मेरो आँखाभरीको सपना
मेरो मुटुको रङ्ग मिसिएको माया
अनि
धर्ती र बादलबीच
फुलिरहने प्रेमको फूल ।

No comments:

Post a Comment