Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Tuesday, 14 May 2013

Acharya Prabha (आचार्य प्रभा)

मनको प्यास बढ्यो हेर


तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।

अन्जान र खाली थियो मनको सँघार मेरो
आकासको सुन्दर महल कस्तो गरी ठड्यो हेर ।


निरशता र अधूरो रहर मात्र बाँकी थियो
सारा आज खाक भै मेटिएर डढ्यो हेर ।

धेरै नाम लेखिए मनभित्रका पानाहरुमा
तर केवल तिम्रै नाम यो अधरले पढ्यो हेर ।

*****

No comments:

Post a Comment