Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Tuesday, 14 May 2013


Balkrishna Sama (बालकृष्ण सम)
इच्छा


इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छटपटी
त्यो बेला मुखमा बुट्टीहरु परुन नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्वन ।


यो नेपाल स्वतन्त्र भै फुलिरहोस राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस बढेर लहरा यै शान्ति एश्वर्यको
यो सन्देश म ब्रहमनाल तकिया पारी पठाउँ वहाँ
शाक्षी शङ्कर छन श्मसानपछिका आसा रहेका जहाँ ।


बज्ला मन्दिरमा तथास्तु जब यो घन्टा दिदै उत्तर
हाँस्तै शान्त भै उही समयमा नेपाल हेरी मरुँ
मेरो लास पवित्र चन्दन घसोस, कात्रो मलाई बनोस्
नेपाली सुकुमारा हातहरुले खस्रा बुनेका लुगा ।


नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलुँ
पाउँ बस्न मरेर आखिर गैइ स्वर्गीय त्यै ठाउँ
नेपालीहरु छन मरिकन सबै जन्मिरहेका जहाँ ।

 

No comments:

Post a Comment