Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday, 15 May 2013

 Bishnu Rai (बिष्णु राई) 
Light of the Jail
कारागारभित्रको जून

 

जून
आयो भनेर पर्खेको
अझ टह टह आएको छैन
ल्याम्पोष्टको भरै छैन
कसको रगतले रात सहिछाप लगाउँछ
स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ
जता ततै त्रास
जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्
अन्धाहरू पहाड चढ्ने आकाङ्क्षामा छन्
लाटाहरू बोल्न थालेका छन्
तर निशब्द जून   
बादलको कारागारमा थुनिएको देखेर
फेरि फूलहरु आफैलाई चढाउन थालेका छन्   
भुतको जगजगीले देवताहरू लुक्न थालेका छन्   
बुद्ध हिँड्ने बाटोमा मृत्यु हिँड्न थालेका छन्
अबोध ढुंगा भएर टहक जून आउने आसमा
चुपचाप आकाश हेर्न थालेका छन्

No comments:

Post a Comment