Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday 15 May 2013

Shrawan Mukarung (श्रवण मुकारुङ)
बीसे नगर्चीको वयान  

 
मालिक !
म यो गोरखा राज्यमा
अढाइ सय वर्षछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर-तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु 

खोई मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बीसे नगर्ची


मालिक ! 
म बौलाएँ l
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्नुपर्न
यो गोरखकालीको पाऊ छोएर
नुनको सोझो हुनुपर्ने
अढाइ सय वर्षपछि आज के भयो मलाई ?
यो बीसेलाई दशा लाग्यो मालिक !

 

म बौलाएँ !
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बीसेको झुप्रो न हो जलाइएको
यतिमै यो बीसे उप्रिmनु पर्ने ?
थुइक्क बीसे..............


म बौलाएँ मालिक !
म बौलाएँ
मेरो हात भाँचियो
अब म हजूरका भारदारहरुलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न, सनाइ बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्यु गीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजूरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै  ीकमा छैन
अब म  ीक्कले बोल्न सक्दिनँ
मालिक !

म बौलाएँ 

मालिक !
यो गोरखा राज्य अघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरु
आज कसरी यस्तरी होचाहोचा भए ?

हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
आज कसरी यस्तरी खुन्ाी र कुरुप भए ?
दरौदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहर जस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ l


मालिक !
हजूरको तरवारले टाउको काट्छ कि फूल
भ्रममा परें म ।
हजूरको बन्दुकले विचार ढाल्ाछ कि मान्छे
भ्रममा परेँ म ।
यसलाई प्रजाले बनायो कि राजाले
भ्रममा परेँ म ।
अढाइ सय वर्षेदेखि म तपाई समक्ष छु मालिक
म कसरी आतङ्ककारी हुन सक्छु
म केवल बौलाएँ मालिक
बौलाएँ ��


हो, मैले मालिकको दिव्योपदेश पालन गरिन हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हँू भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरा सियो बराबर हो भनेँ हुँला
मैले सिएको सुकिला लुगा आढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला


मालिक
मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ
अढाइ सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
मेरा दर सन्तानहरु कहाँ - कहाँ पुगे  

मैले  खोज्न चाहे हुँला
मेरा औंलामा खोपिएका छ्यान्द््रा रगतहरुले मलाई
उक्सायो  तरवारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल �� ानेँ हुँला


मालिक
यस माटोको इतिहाससँगै म हजूरको राष्ट्रमा छु  

म कसरी अराष्ट्रिय हुन सक्छु
म साँच्चै बौलाएँ मालिक
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर-तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैतला कहाँनिर छ
कहाँनिर छ बीसे नगर्ची


मालिक
म बौलाएँ

अभियुक्त हेल्थपोष्ट


द्वन्द्वकालमा-
शहर पसेका जमिनदार
फर्किए गाउँ
र गरे- जग्गादान

अरब गएका युवाले
खोले संस्था
र पठाए- आर्थिक सहयोग

ढुङ्गा, माटो, काठ, पानी
जुटायो गाउँले
गाउँलेले
गरे- श्रमदान

एनजीले
हालिदियो- टिनको चम्किलो छाना
कर्तव्यबोधले युरोपबाट
फर्किए- डा. सूर्यनाथ
गाउँको मायाले शहरबाट
फर्किन्- सिस्टर चन्द्रकुमारी

हार्नै नसकेर अनुरोध
झाक्री ताराबहादुर
भए- स्वास्थ्य सहायक

स्कूल
पिसि
र प्रहरी चौकीसँगै
उभियो- अभियुक्त हेल्थपोष्ट

हर्षले
रोए- बूढापाका
उफ्रिए युवक-युवती
नाचे- बालबालिका

तर सदरमुकाममा
क्रूद्ध भए- प्रजिअ
अवाक् भए- गाविस सचिव
उत्तेजित भए- पुराना ठेकेदार
र, प्रमुख पार्टीका भ्रातृ सङ्गठन

- के त्यो गाउँ अर्कै राज्य हो?
- के त्यो गाउँलाई सरकार चाहिँदैन?

केन्द्रमा-
टेन्सन छ दुई सभासद्बीच
किनकि-
बनाउन बाँकी छ- संविधान
व्याख्या गर्न बाँकी छ- समाजवाद
पुग्न बाँकी छ- साम्यवाद।


(हिमाल खबरपत्रिका असोज-कात्तिक २०६७)

No comments:

Post a Comment