Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday, 15 May 2013

Rashmila Kawan (रश्मिला कवाङ)
आफू पग्ली


आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स
सेवा गर्न सच्चा भावले सर्छे यी नर्स


दह्रिलो मन, आँटिलो पाइला चालेर सदा
घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स

आफ्नो जीवन, सुख-सयल केही भन्दिनन्
जिउँदो लासभित्र श्वास सधै भर्छे यी नर्स


मानव दुःखाई, पीडा हटाएर सदैब
अरुका खातिर दिनानुदिन आफै मर्छे यी नर्स


समानताको ढोल पिट्छ फगत यो समाज
विभेदको पुल तरी अघि बढ्छे यी नर्स


निश्वार्थी मनले निरोगी बनाउन हरपल
समर्पणमा तारा जस्तै झर्छे यी नर्स

No comments:

Post a Comment