Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Friday 24 May 2013

 
Kalpana Rai (कल्पना राई)

नाँउ छैन

नदी मिल्छ दोभानमा, हामी मिल्ने ठाँउ छैन
कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन

डालीबाट फूल झर्यो, काँडा देख्छु हाँगाभरी
ढुङ्गामाथी बज्रिदिन्छ मन यहाँ छाँगासरी

मनै भरी माया साट्दै श्रद्धा गर्ने पाउ छैन
कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन

कुनै हावा-हुरीबिना दूरी बढ्यो अन्जान मै
भूल्नै गाह्रो प्रित छोड्यौ पहिलो-पहिलो चिनजान मै

त्यै मन भन्दा अन्त रम्ने कुनै गाउँ छैन
कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन ।

No comments:

Post a Comment