Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Thursday 30 May 2013

Shashi Lumumbhu (शशी लुमुम्बू)

तिमीमात्र सत्य होइनौ

 
यस पृथ्वीमा —
तिमीजस्ता धेरै मानिसहरू बस्दछन्
तिमी जे सोच्दछौ
त्यो तिनीहरू पनि सोच्न सक्दछन्
तिमी जे बोल्दछौ
त्यो तिनीहरू पनि बोल्न सक्दछन्
देख्दछन् तिमीले झैँ

उनीहरूले पनि सुन्दर सपना
नठान ममात्रै सत्य हुँ
र, भ्रम हुन् अरु सबै....!

सत्य हो —
तिमीसँगै उभिएको खिर्राको बोट
आँखैअघिल्तिर फुलेको चुवाको रूख
र, घोरअन्धकारको भाइरस ‘किलगर्दै
पूर्वक्षितिजमा उदाइरहेको बालक सूर्य !

मूच्र्छा पर्दै
बौरिँदै
मरुन्जेली खोक्दै
ओरालैओरालो झरिरहेको बूढो जोगी
उसैलाई पछ्याइरहेको नौजवान खहरे
र, छेवैको घनाजङ्गलबाट
सर्वत्र फैलिरहेको रगतको आलो गन्ध
सबै सत्य हुन्.....

तिमीमात्र सत्य होइनौ !

No comments:

Post a Comment