Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday 22 May 2013

Manjul (मञ्जुल)

 

पहाड र आकाश

 

पहाड चढ्दै गयो भने
मानिसको
आँसु पनि भेटिन्छ
हाँसो पनि भेटिन्छ ।
पहाड नभएको मानिस
संसारमा
कुनै पनि ठाउँमा
कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।
मानिसको जीवन नै एउटा पहाड हो
युदालसान

पसिना काढ्दै-काढ्दै चढ्नुपर्छ
र पुग्नु पर्छ
टुप्पोमा
पहाडहरूलाई पनि माया गर्ने
आकाशलाई भेट्न
छातीमा वा शिरमा
आकाश नभएको मानिस
संसारमा
कुनै पनि ठाउँमा
कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

No comments:

Post a Comment