Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday, 17 July 2013

Ishwari Karki Barsha (ईश्वरी कार्की वर्षा)
मेरो भगवान
 

आँ आँ गर्दै
पहिलो पटक
मैले सिकेको शब्द हो
आमा 
मैले गरेको
पहिलो स्पर्ष
आमालाई हो ।


याद छ मलाई
आफ्नो भाग्को भन्दा
आमाको भागको
मीठो लाग्थ्यो ।


Saturday, 1 June 2013

Keshar Thulung (केशर थुलुङ )
प्रफुल्लित मन


मन
त्यसै-त्यसै फुरुङ्गिएको छ
खुसीले
नयाँ विचारले
नयाँ पाइलाले


मैले सोधेँ-
कोसी किनारै-किनार
हिँडिरहेका आमाबुबाहरुलाई
भन्दै थिए उहाँहरु-
साकेवा सिल्ली, मारुनी, सोरठी,
कौरा, देउडा, च्याब्रुङ,
वैरभ, धाननाच, लाठीनाच,
लाखेनाच, देउसी-भैलो
खेल्न /नाच्न हिँडेका हामी त


Thursday, 30 May 2013

Aasha Gurung (आशा गुरुङ)
तिमीमेरो बनिदेउन


म पर्खिबसेकी छु ती घुम्टोहरुलाई
तिमी बादल बनि आइदेउन
म रमाउन सक्छु तिम्रो बिशाल छातीमा
तिमी आकाश बनि आइदेउन
तिमीभित्र कतै म हराउन चाहन्छु
तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन
म रुझिदिउला बरु तिमीसङै सधैं
साउनको झरी बनि तिमी आइदेउन  

Gobinda Giri"Prerana" (गोविन्द गिरी प्रेरणा )

फर्किहाल्छु देश


कहाँ वस्छु र म यो परदेशमा
फर्किहाल्छु देश ।

 देशको राजनीति
अलिकति राम्रो होस्
लोड सेडिंग घटोस्
धारामा पानी झरोस्
फर्किहाल्छु देश ।

Saran Rai (सरण राई) 

Mira Prasai (मिरा प्रसाई) 

Prabin Khaling  (प्रवीण खालिङ)

अचेल साइरन बजेको छैन

Sabitra Kafle (साबित्रा काफ्ले) 

Ramesh Poudel (रमेश पौडेल)

पैयुँ फुल्ने गाउँ

Apjase Kanchha (अप्जसे कान्छा)

Dr. Banira Giri (डा. वानीरा गिरी) 

चोट

चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट सुरु गर
दुइ आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू

Nawaraj Subba (नवराज सुब्बा)

के यो कुरुक्षेत्र हो ?

Shrisisha Rai (श्रीशीशा राई)

Sandesh Rai (सन्देश राई)

 Rajani Dhakal (रजनी ढकाल)

  सहयात्री

 
 
  आकाशमा टाँगिएको क्षितिजसँग
उषामा उदाएको उज्यालोसँग
बनसँगै हाँसिरहेको हरियालीसँग

र घामसँगै फैलिएका किरणहरूसँग 
कसरी माग्न मिल्छ मैले
आफ्नो अस्तित्व ?
 चरासँगै उडिरहेको बतासँग
चिर्बिरचिर्बिर आवाजसँग
जनावरको आरामदायी उग्राइसँग
कसरी माग्न मिल्छ मैले
आफ्नो पहिचान ?
 
के तिमी आफ्ना विश्‍वासहरू बटुलेर
आफैंले बाँचेको आस्थालाई साक्षी राखेर
तिम्रो र मेरो सम्बन्धका सरल रेखाहरूलाई
अझ बढी तन्काउन सक्दैनौ ?
 

   Usha Giri (उषा गिरी)

  रङ्गिन सपनाहरु


जीबनका रङ्गिन सपनाहरु
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरु लुटेर होस्
भाबुकताको पोखरीमा
स्वतन्त्ररुपमा
अरुको मन नदुखाइ
भुगोलको कुनै पनि कुनामा
संकटहरुलाई भुली
आफुलाई जलाई

Kala Rai (कला राई)


प्रिय मान्छे


यो धर्तीको सवैभन्दा
नयाँ गीत गाएर
सम्झनाको सवैभन्दा पुरानो
प्रेम सन्देश बोकेर
उडिरहने प्रिय बादल

मेरो प्रियतमको अनुहार
आइरहन्छ आँखामा एकसाथ |
 

Manu Lohorung (मनु लोहोरुङ्)

अर्को हिटलरको जन्म

भोक र शोकको सन्तापमा
कहिले सम्म उभ्याउछौ ?
उभ्याउ मलाई आकाश खस्दा सम्म
उभ्याउ मलाई धर्ति फाट्दा सम्म
किन कि,
मेरा पुर्खाले हिम्मत हार्न जानेन,
हरेसका धर्सा गनेन निधारमा
नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच
म बेत्ताल भएर यो ब्रमाण्डमा उत्रिनेछु,
त्यसैले
चाहे मलाई,

Moti Chamling (मोती चाम्लिङ)


शहर र अवयव इन्द्रियहरु

शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने
छदम कांचको चस्मा लगाउने रहर किन ।।?
चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने,
सदाकांक्षा वांच्दैन त सादा कात्रोले नयन छोप लौ ।।
यसो गर्दा श्मसानको निनादमा संगीत अंकुरिन्थ्यो शायद
रवि भाष्करमा मगन अधरले लोकनिन्दा गाल्थ्यो शायद ।।।
शहर तिमी मानसि विलोलमा विवर्तन देखिएकी छयौ
तिम्रो सन्दिग्द्यतामा मनुष्यहरु संकिर्तन गाउन थाले ।।
सन्नद्ध कलाकारहरु आफनै क्यानभासमा रंग उतार्न लागे
वलवाहूको मन्त्रमुग्धतामा डुवेर आइसिसि टावरै उठाउन लागे ।।
शहर तर तिमी निस्तव्ध भइदियौ, तिम्रो मौनतालाई साँधेर,

Neera Sharma (निरा शर्मा)



आजकल हरदम हरक्षण,
तिम्रै तस्बिर हेरिरहेछु
तिमी बिनाका यी पलहरु
फिका र खल्लो भोगिरहेछू
जोडि उडेका ढुकुर पनि
बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु ,
पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु
म प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमा

Jagadish Ghimire (जगदीश घिमिरे)

Taramani Rai (तारामणि राई)


षड्यन्त्र


खट्प्वाल
लिम्सो भित्तो
झ्यालका काप
अथवा कहीँ कतैबाट
आईरहेछ-
एक तमास षड्यन्त्रको गन्ध

षड्यन्त्रको प्रपञ्च:
-मेरो थात बास उठाउनका लागि हुन सक्छ
-सर्बश्वहरणका लागि हुन सक्छ
-अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर
नालीमा फाल्नका लागि हुन सक्छ

Rupesh Rai (रुपेश राई)


ईश्वरको कथा


इन्फेचुएसन जस्तै
ईश्वर तिम्रो कथा। प्रेमको।
रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको।

मान्छेको आस्था। तिमी वेपर्वाह छौ।

तिम्रो नाटक। विपरित लिङ्गमा।
प्रयोजनीय छ। कार्यकलाप पनि। कथानक होला अलिक फेरबदल।
Bishwasdip  Tigela (विश्वास दीप तिगेला)
 

यो मन र जीवन

 


यो मन
क्ष्ाण्ा क्ष्ाण्ा टोलाइ दिन्छ
खोइ बैरागिएर पो हो की
यो मन
बतासिन्दै बहिरहन्छ
खोइ कुनै सीमा परिधि नपाएर हो की
कतै माया पि्रर्तिलाइ गुथेर
कतै बैशालु जोवनलाइ छोपेर
फेरी यो मन र जीवन 

उडिरहन्छ उडिरहन्छ 
Shashi Lumumbhu (शशी लुमुम्बू)

तिमीमात्र सत्य होइनौ

 
यस पृथ्वीमा —
तिमीजस्ता धेरै मानिसहरू बस्दछन्
तिमी जे सोच्दछौ
त्यो तिनीहरू पनि सोच्न सक्दछन्
तिमी जे बोल्दछौ
त्यो तिनीहरू पनि बोल्न सक्दछन्
देख्दछन् तिमीले झैँ

Friday, 24 May 2013

 
Kalpana Rai (कल्पना राई)

नाँउ छैन

नदी मिल्छ दोभानमा, हामी मिल्ने ठाँउ छैन
कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन

डालीबाट फूल झर्यो, काँडा देख्छु हाँगाभरी
ढुङ्गामाथी बज्रिदिन्छ मन यहाँ छाँगासरी

मनै भरी माया साट्दै श्रद्धा गर्ने पाउ छैन
कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन

 
Gauri Malla (गौरी मल्ल)

जिन्दगी

जिन्दगी , तँ क्रुर छस
स्वार्थी छस ,
तैँले कसैलाई केही दिईनस !
फगत लिन जानेको छस , लिँदैछस् ...!
असिम् विश्वाशले
मानिसहरु तँलाइ हुर्काउँछन ,
अहोरात्र ..
तेरै गुण गाउँछन !

Wednesday, 22 May 2013

Pratik Chamling (प्रतीक चाम्लिङ्ग)

लूसी र सपना

पहिलो भेट
मुस्कानहरुले सजिएको तिमी
वर्डस्वर्थको लूसी झै
कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल
प्रकृतिले दिएको बरदान
कति प्राकृतिक दुःख खेपेर
आस्थाको थुँगा लरक्क लर्काएर
तिमी फुलेकी ।

Kirati Bhogen Ekle (किराती भोगेन एक्ले)

अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी

तनावमा छु
आजको अस्त
भोलिको उदय
या भनौं बिपना र सपनाको ठीक बिच
उभिएर खुब तनावमा छु

विगतको समीक्षा
आगतको सम्भाबीयताको अध्ययन
वर्तमानको हरेक क्षण

Kanchan Pudasaini (कञ्चन पुडासैनी)

नयाँ नायिका


उपमा पनि हिँडिछ
उपमा उसको नाउँ थियो
तर, यस शब्दले
उसको आकारप्रकार ल्यायो
आँखासहित अनुहार ल्यायो
नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो
मानौँ सुने न जानेको कोही परदेशी शब्द
जसको कुनै नागरिकता छैन र 

Prakash Sayami (प्रकाश सायमी)

 

गालिबको चिहान


 
घर वा सपिंग मल बन्ला
हाउजिङ वा आकाशे बजार बन्ला
केही पनि बन्नसक्छ यो भूमिमा ।
धेरैवर्ष पछि
यहाँ गगनमहल बन्ला
वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन ।


व्यस्त भरिभराउ
वा हेर्नै नसकिने
अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा गजल रेस्त्राँ
तर हुनेछ यहाँ एउटा पुस्तक पसल
त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा

Nilam Karki Niharika (निलम कार्की निहारिका)

 

किवदन्ती

 

मेरी सानी नातिनी
निन्द्रासँग लडिबुडी गर्नु अगाडि

कथा सुनाउन ढिपी गर्छे सधै मलाई
मैले उसलाई
एकादेशबाट थालनी गरेर
बूढो बाघको कथा सुनाएछु

एकादेशको जङ्गलमा

Gopal Prajuli (गोपाल पराजुली)

 
सपनाको नोस्टाल्जिया 


युग समय दिनेछ
र नयाँ दिनको प्रारम्भ हुनेछ
सपनाहरूले दृश्य पाउनेछन्
द्वन्द्वको तस्बिरमा देखिएको देश
हराएर

Manjul (मञ्जुल)

 

पहाड र आकाश

 

पहाड चढ्दै गयो भने
मानिसको
आँसु पनि भेटिन्छ
हाँसो पनि भेटिन्छ ।
पहाड नभएको मानिस
संसारमा
कुनै पनि ठाउँमा
कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।
मानिसको जीवन नै एउटा पहाड हो
युदालसान

Purnabiram (पूर्ण विराम)

 

पुग्दो हो मृत्युसम्म युद्ध


लुट्नका लागि उनीहरूका निम्ति
निश्चय पनि हाम्रो पसिना छ
र उनीहरूको बेजाब्तालाई रोक्न
निश्चय पनि हामीसँग अविरल बग्ने रगतको नदी छ ।
र यसबाटै बज्ने गरिरहेछ
सदियौँदेखि द्वन्द्वको नगरा
मानिसका टाउकाहरू बोकेर धेरै अगाडिदेखि
मिनारमा बस्छन् माउसुलीहरू

Bishnu Bihu Ghimire (विष्णु विभु घिमिरे)

 

बेकार छ


आँखा राम्रो भएर मात्र के गर्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
अोठ राम्रा भएर के गर्नू?
जब ती अोठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्दैन भने!

Kaliprasad Rijal (कालीप्रसाद रिजाल)

 

छेस्का कविता


कहाँ जानु ?
कहाँ कहाँ भौँतारिनु ?
नचिनेको
कहिल्यै नदेखेको
देउता खोज्न ?
मैले त हातको फूल
आमाको चरणमा

Ratna Shamser Thapa (रत्न शम्सेर थापा)

 

वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर


टक्टकिएर बकुल्ले बादलको
प्वाँख-प्वाँखको दूधे जराबाट
केशदेखि खुट्टाको बुढी औँलासम्म
ओढाउन सेतो बर्को हरियालीलाई
अर्घ चढाउँदै सूर्यलाई
आरती उतार्न बालिएका
मन्दिर, आँगन र चोक चोकमा
कातेका बत्तीहरू निलेर सलक्क
फुलिरहेछन् हिउँका फूलहरू झपक्क


Shyamal (श्यामल)

 

दु:स्वप्न


खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी
रगतको बेगवान् नदीमाथि हल्लिदै छ
झोलुङ्गे पुल
भन्छन् योद्धाअरुले डामेका ढाडहरु
अब के—के हुने हो ।

कोचिएको छ खचाखच दिमागमा
बदलाको भूत

Lekhnath Paudel (लेखनाथ पौडेल)

 

कालमहिमा

 

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।


राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।


Sailendra Sakar (सैलेन्द्र साकार)

 

सपनाको बाँझो जग्गा


सपनाको बाँझो जग्गा
म र तिमीभित्र ब्यूँझेछ
तर हाम्रो इतिहास
धर्तीमै छोडिएछ ।
प्रिया त्यसलाई पहिले इतिहासले भिजाउनुपर्छ
र ब्यूँझाउनुपर्छ

Dinesh Adhikari (दिनेश अधिकारी)

 

परदेशमा

 

छिमेकी घरबाट
तरकारीको मीठो बास्ना आए पनि
झल्झली ! आमा-अनुहार संझेको छ
साँझ-बत्ती सँगसँगै
निथ्रुक्क ! परेली भिजाएर
हरेक साँझ-
स्वास्नी-संझना वर्सने गरेको छ
कतै बगैँचा ढाकेर
फूल फुलेको देख्नु हुँदैन

Bhim Birag (भिम विराग)

 

परिक्रमा

 
पूर्व उदाउँछ
पश्चिम अस्ताउँछ
झोक्रेको साँझपछि
रात निदाउँछ ।

अनि ताक पारी बसेका सम्झनाहरू
मुटु कोट्याउँछन्
ओल्टाउँछन्
पल्टाउँछन्
रात छर्लङ्ग पार्छन् ।

Haribhakta Katuwal (हरिभक्त कटुवाल)

 

यो जिन्दगी खै के जिन्दगी !

 

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !


बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी


 

Siddhicharan Shrestha (सिद्धिचरण श्रेष्ठ)

 

प्रेम र विवाह


 
पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
"त्यो माछालाई समात्छु;"
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-

Umesh Akinchan (उमेश अकिञ्चन)

 

मोनालिसा र मार्च ८


ओ ! इन्द्रेणी नायिका
सदियौं कुँजिएर
एउटा फोटो फ्रेममा
कति कुरिरहन्छौ
घाम र पानीको आगमन

Tulasi Divas (तुलसी दिवस)

 

आवाज, नदी र म

 

समय थुनिएको बुइगलको भत्किएको पाखामा
शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो
अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई
दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज,
युगको आफ्नै छिंडीको चिसो भुइँतलामा
युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज,
बन्दीघरमा थुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज,
द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी
आफैँबीच चेप्टिएर पुरिएको आवाजहीन शून्य आवाज,
अनियन्त्रित राजनीतिक भ्रष्टाचारको मेदभावयुक्त बाढीमा बगेर

Toya Gurung (तोया गुरुङ)

 

आदि 

अँध्यारोमा वेदाङ्किनी उदाई
दियोको सलेदो छोटो- तेलको किमत महँगो छ ।
मैनवत्तीको शिखा पग्लन्छ निरन्तर
मुद्राको मोल कति नै र
मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन
त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ

 

Bimala Tumkhewa (विमला तुम्खेवा)

 

हजार सपना र मनमाया



यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज

उसले कुल्चिएर गएको पाइतलाको खत
कसरी हरायो
कतै,
समुद्रको तूफान भएर ।
पीरले पोतिएको उसको कालो अनुहार
पृथ्वीको कुन रेखामा पर्छ

 
Madhav Ghimire (माधव घिमिरे)


बिर्सी बिर्सिसकिन्न


लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
 
'ख्वै छोरीहरु छन् कता म त गएँ ख्वै माइती छन् कहाँ !
प्यारा ! यति रहेछ भेट टुहुरी हेरेर बस्नु यहाँ !'
धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


 

Rajan Mukarung (राजन मुकारुङ)

 

हाट जाने अघिल्लो रात



भोलि त हाटा जानु छ
बेच्नु छ एक पेरुङ्गो बैँस ।
 
सुँगुरको पाठोमा पनि छ सपना
कहिल्यै बदल्न नसकेको जिन्दगी छ
एक सिल माछामा पनि साट्नु छ यो मनलाई ।